श्री जिवन ज्योति माध्यमिक विद्यालय

यस श्री जिवनज्योति मा.वि.को स्थापनामिति २०२९ असोज १ गते यानि इस्वी संवत १९७२ सेप्टेम्बर १७ का दिन यस क्षेत्रका अभिभावक मिलि ठाकुर प्रसाद बरालको अध्यक्षतामा तत्कालीन पराशन गाउँ पञ्चायत त्रिभुवनवस्तीमा गरिएको हो । यस श्री जिवनज्योति मा.वि. को स्थापनावि.सं. २०२९ साल असोज १ गते जीवन ज्योति प्रा.वि. को नामबाट स्थापना भइ विधिवत रुपमा सञ्चालनमा आएको । मिति २०४२/०१/०४ देखि कक्षा– ४ र क्रमश कक्षा – ५ सञ्चालनमा आएका हुन् । (हुनत स्थापना काल देखि नै कक्षा १ – ५ मा भर्ना लिई पढाइ सञ्चालन भएको कुरा विद्यालयको इतिहासले बताउँछ ।) पुनःयहाँका अभिभावकहरुको विशेष पहलमा मिति २०६२/०२/११ देखि कक्षा –६ क्रमश कक्षा –७, कक्षा –८ सम्म सञ्चालनमा आयो । ततपश्चात यहाँका स्थानीयहरुको विशेष सक्रियतामा मिति २०६६/०१/२९ देखि मा.वि. तह स्थापना भइ क्रमशःकक्षा –१० सम्म सञ्चालनमा आएको छ ।यस विद्यालयमा हाल बालकक्षा देखि कक्षा– १० सम्मका कक्षाहरु सञ्चालित छन् । विद्यालयमा करीब ६६% दलित विद्यार्थी र वाँकी अन्य विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयको वि.व्य.स.को अध्यक्षतामा हालसम्म ११÷१२ जति भइसक्नु भएको छ । संस्थापक प्र.अ. दिनानाथ बराल हुन् भने लामो समय सम्म यस विद्यालयका प्र.अ.का रुपमा श्री शिव प्रसाद घिमिरेले कार्य सम्हाल्नु भयो भने वर्तमान प्र.अ. का रुपमा श्री भरत कुमार बस्नेत कार्यरत हुनुहुन्छ । जम्मा विद्यालय शिक्षककर्मचारीको संख्या २१ जना रहेको छ ।
सहायताको लागि हामीलाई कल गर्नुहोस्

०९९५६०३२६

श्री जिवन ज्योति माध्यमिक विद्यालय
श्री जिवन ज्योति माध्यमिक विद्यालय
श्री जिवन ज्योति माध्यमिक विद्यालय

हाम्रा सुविधाहरू

सुविधाहरू

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।